भट्टराईको प्रश्न- शिक्षामन्त्रीले नैतिकता देखाएर राजीनामा दिए, शिक्षक नेतृत्वले किन दिएनन्?

हिमाल प्रेस १९ जेठ २०८२ १०:४४
988
SHARES
भट्टराईको प्रश्न- शिक्षामन्त्रीले नैतिकता देखाएर राजीनामा दिए, शिक्षक नेतृत्वले किन दिएनन्?

काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले शिक्षक नेतृत्वको नैतिकता र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएका छन्।

उनले शिक्षामन्त्री विद्या भट्टराईले ऐन जारी गर्न नसक्ने स्पष्टतासहित राजीनामा दिएको प्रसङ्ग उठाउँदै त्यही मन्त्रीलाई राजीनामा दिन बाध्य बनाउने शिक्षक नेतृत्वले राजीनामा दिनुपर्छ कि पर्दैन भन्दै नैतिक प्रश्न उठाएका छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘हामी शिक्षक नैतिकताको प्रतिबिम्बन हौ होइनौं? शिक्षामन्त्रीले नौतिकता देखाउँदै ‘ऐन जारी गर्न नसके राजीनामा दिन्छु’ भनेअनुरुप राजीनामा दिँदा तिनै मन्त्रीलाई राजीनामा दिन बाध्य बनाउने शिक्षक नेतृत्वले अब राजीनामा दिनुपर्दैन? कि अझै शिक्षकलाई दिवा सपना देखाउनै बाँकी छ?

संयोजक भट्टराईले आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षा क्षेत्रमा गत वर्षको भन्दा ०.२० प्रतिशत घटेकोले पनि शिक्षामैत्री ऐन नआउने तर्क गरे। शिक्षा ऐन कार्यान्वयनका लागि अर्बौं रकम चाहिने बताइन्छ।

उनले आफ्नो अभिव्यक्तिलाई लिएर कोही खुसी या दुःखी नभई केबल शिक्षामा देखिएका बेथितिमाथि सधैँ पैरवी गरिरहेको बताए।

शिक्षक आन्दोलनमा घाइते भएका रेशम सुनारको पीडादायक गुनासोलाई पनि उनले उद्धृत गरेका छन्। सुनारको भनाइ छ, ‘महासंघले सरकारबाट नि:शुल्क उपचार गराउने मन्त्रालयको पत्रसमेत ल्याउन सकेन। चन्दा र ऋण मागेर उपचार गर्दैछु।’

भट्टराईले आन्दोलनको उपलब्धिप्रति व्यङ्ग्य गर्दै एक शिक्षक नेताको भनाइ उद्धृत गर्दै भनेका छन्,‘आन्दोलनको उपलब्धि रे। प्रधानमन्त्रीमन्त्रीलाई ३ घण्टा कुर्यायौं। खाली थैलो शिक्षकले बोकेर आएका भरेर पठायौ। संसद् अधिवेशन छिटो बोलायौ। हरे शिव हरे राम!’

प्रकाशित: १९ जेठ २०८२ १०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast