एमालेनिकट बुद्धिजीवी परिषद्मा चुनावबाट चुनियो नेतृत्व, अध्यक्षमा थपलिया

हिमाल प्रेस १९ जेठ २०८२ ९:५९
एमालेनिकट बुद्धिजीवी परिषद्मा चुनावबाट चुनियो नेतृत्व, अध्यक्षमा थपलिया

काठमाडौँ- नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन् । परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

आइतबार भएको निर्वाचनमा धादिङ सिद्धलेक गाउँपालिका परेवाटारका थपलिया अध्यक्षमा निर्वाचित भएका हुन् । १५४ मत पाएर अध्यक्षमा थपलिया निर्वाचित हुँदा उनका प्रतिस्पर्धी दीपेन्द्र भण्डारीले १०४ मत मात्र पाए।

उपाध्यक्षमा गोविन्द बहादुर शाही र राधा अधिकारी निर्वाचित भए। महासचिवमा डा दिपेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भए।उपमहासचिवमा शुसिल बिके,तीजना सचिवमा क्रमश डा।अर्जुन कुमार सिंह,डा लाक्पा शेर्पा,डा टिका ढकाल र कृष्णकुमार लम्साल निर्वाचित भए।

जेठ १७ र १८ गते भएको महाधिवेशनले ९९ सदस्यीय कार्यसमिती चयन गरेको हो। महाधिवशेनको उद्ध्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्धिजीवी परिषदको नाम परिर्वतन गर्न निर्देशन दिएका थिए। जस अनुसार परिषदको नाम अब नेपाल बौद्धिक परिषद् राखिएको हो।

अध्यक्ष मण्डलका एक सदस्यका अनुसार महाधिवेशनबाट पारित विधानमा संगठनको नाम नेपाल बौद्धिक परिषद भनेर उल्लेख गरिएको छ।

प्रकाशित: १९ जेठ २०८२ ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast