
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमण सम्पन्न गरी आज बिहान स्वदेश फर्किंदैछ। भण्डारीसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०:४५ बजे अवतरण गर्ने कार्यक्रम रहेको छ।
चीन भ्रमणको निष्कर्ष र अनुभवबारे जानकारी दिन विमानस्थलको विशिष्ट कक्षमा प्रतिनिधिमण्डलका तर्फबाट प्रेस ब्रिफिङको कार्यक्रम तय गरिएको पूर्वराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
पूर्व राष्ट्रपति भण्डारी केही दिनअघि चीनको निमन्त्रणामा औपचारिक भ्रमणमा गएकी थिइन्। भ्रमणका क्रममा उनले विभिन्न उच्चस्तरीय भेटवार्ता र सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएकी थिइन्।
प्रकाशित: १९ जेठ २०८२ ९:२९
प्रतिक्रिया