
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि भिडन्त रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र पन्जाब किंग्सबी हुने भएको छ।
आइतबार राति भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पन्जाब आईपीएलको फाइनलमा पुगेको हो।
पन्जाब पहिलो क्वालिफायरमा बैंग्लोरसँग ८ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायर खेलेको हो। पाँच पटकको च्याम्पियन मुम्बइले भने एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको थियो।
उपाधि भिडन्त भोलि मंगलबार अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ। मुम्बईले दिएको २ सय ४ रनको लक्ष्य पन्जाबले ६ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो। कप्तान श्रेयस ऐरले सर्वाधिक ८७ रनको अविजित पारी खेले। ४१ बलको सामना गरेका उनले ५ चौका र ८ छक्का प्रहार गरे।
नेहाल वाडेराले ४८ रन बनाउँदा क्याच आउट भए। जोस इनलिसले ३८ र प्रियांश सिंहले २० रन थपे।
त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा पन्जाबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३ रनको योगफल तयार पारेको थियो।
मुम्बईका लागि तिलक बर्मा र सुर्य कुमार यादवले समान ४४ रन थपे। जोनी बिष्ट्रोले ३८ रन बनाए। नमन धिरले ३७ रन थपे।