
काठमाडौँ- नेता कार्यकर्ता पक्राउ परेपछि बन्द गरेको नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस् स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आजको बन्द फिर्ता लिएको छ।
समितिले दोस्रो विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ।’
यसअघि समितिले आइतबार साँझ विज्ञप्ति जारी गरी सरकारले आफ्ना नेताकार्यकर्तालाई दमन गरेको भन्दै आज काठमाडौँ उपत्यका बन्द गर्ने घोषणा गरेको थियो।
प्रकाशित: १९ जेठ २०८२ ६:४७
प्रतिक्रिया