पक्राउ परेका कमल थापा र दिपक सिंहसहित सात जना छुटे

हिमाल प्रेस १८ जेठ २०८२ २१:०५
84
SHARES
पक्राउ परेका कमल थापा र दिपक सिंहसहित सात जना छुटे

काठमाडौँ- पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका नेता एवं सांसद दिपकबहादुर सिंहलगायत सात जना आइतबार नै छुटेका छन्। एक जनालाई भने प्रहरीले छाडेको छैन।

उनले मादक पदार्थ सेवन गरेर प्रहरीमाथि दुर्व्यवहार गरेकाले नछाडिएको प्रहरीले जनाएको छ।

थापासहित सात जना काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका थिए। सांसद सिंह भने थापालगायतलाई भेट्न जाने क्रममा प्रहरी परिसरबाट पक्राउ परेका थिए।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले केहीबेर अघि पक्राउ परेका नेता कार्यकर्ताहरूलाई प्रहरीले छाडेको बताए।

प्रकाशित: १८ जेठ २०८२ २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast