राजावादीद्वारा भोलि उपत्यका बन्दको घोषणा

हिमाल प्रेस १८ जेठ २०८२ २०:४२
32
SHARES
राजावादीद्वारा भोलि उपत्यका बन्दको घोषणा

काठमाडौँ- राजसंस्था पुनः स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले सोमबार काठमाडौँ उपत्यका बन्दको घोषणा गरेको छ।

आइतबारको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले सोमबार उपत्यका बन्दको घोषणा गरेको हो।

सुवेदीले आइतबार साँझ विज्ञप्ति निकाले ‘बर्बर दमन’ को विरोधमा आफूहरू आन्दोलनको स्वरूप परिवर्तन गर्न बाधय भएको बताएका छन्।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलन स्वरुप परिवर्तन गर्न बाध्य भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ,‘यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ।’

समितिले प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, थापालाई भेट्न जाँदा पक्राउ परेका राप्रपा सांसद दीपक सिंहलगायतलाई तत्काल रिहा गर्न पनि माग गरेको छ।

यसअघि आइतबार साँझ राप्रपाको बैठकले पक्राउ परेका नेताहरूलाई तत्काल रिहा नगरे थप सशक्त आन्दोलन घोषणा गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast