पक्राउ परेका नेताकार्यकर्तालाई रिहाइ नगरे थप आन्दोलन घोषणा गर्ने राप्रपाको निर्णय

हिमाल प्रेस १८ जेठ २०८२ १९:४०
34
SHARES
पक्राउ परेका नेताकार्यकर्तालाई रिहाइ नगरे थप आन्दोलन घोषणा गर्ने राप्रपाको निर्णय फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शनका क्रममा पक्राउ परेका नेता, कार्यकर्ताहरूलाई रिहाइ नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ। धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले गिरफ्तारमा परेका सबैको अविलम्ब र बिनाशर्त रिहाइ नगरिए आन्दोलन थप चर्काउने निर्णय गरेको हो।

राजावादीहरूले राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना, संघीयताको खारेजी लगायतका माग राखी जेठ १५ गतेदेखि काठमाडौँमा प्रदर्शन गरिरहेका छन्।

राप्रपा बैठकले निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा प्रशासनिक हस्तक्षेप भएको भन्दै भ्रर्त्सना पनि गरेको छ।

प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै पक्राउ परेकाहरूलाई भेट्न जाने क्रममा राप्रपा नेता तथा सांसद दिपकबहादुर सिंहलाई प्रहरी परिसरभित्रैबाट नियन्त्रणमा लिइएको छ।

यस घटनालाई राप्रपाले संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास भएको बताएको छ।

यस्तै राप्रपा नेपालले पनि पक्राउ परेका नेताकार्यकर्तालाई रिहाइ नगरे आइतबारदेखि आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेको छ।

प्रकाशित: १८ जेठ २०८२ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast