प्रहरीले भन्यो – दुर्व्यवहार गरेपछि दीपक सिंहलाई नियन्त्रणमा लिएका हौँ

हिमाल प्रेस १८ जेठ २०८२ १८:४७
80
SHARES
प्रहरीले भन्यो – दुर्व्यवहार गरेपछि दीपक सिंहलाई नियन्त्रणमा लिएका हौँ

काठमाडौँ- प्रहरीले राप्रपाका सांसद दीपक सिंहले दुर्व्यवहार गरेपछि नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी परिसर भद्रकालीका प्रवक्ता एसपी अपिलराज बोहराले दुव्र्यवहार गरेपछि सिंहलाई नियन्त्रणमा लिएका जानकारी दिए।

‘प्रहरी परिसरमा आएर मिसबिहेभ गर्नुभयो, बाहिर अभिव्यक्ति पनि जथाभावी दिनुभएको छ, त्यसैले उहाँलाई नियन्त्रणमा लिएका हौँ,’ बोहराले भने।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न भद्रकाली प्रहरी परिसर पुगेका सांसद सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपा नेपालका अध्यक्ष थापालाई भेट्न गएका बेला सिंहलाई प्रहरीले भित्रै थुनिदिएको बताए।

यसअघि राप्रपा नेपालका अध्यक्ष थापालाई प्रदर्शनका क्रममा प्रहरीले नक्सालबाट नियन्त्रणमा लिएको थियो।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहित ६ जनालाई नियन्त्रणमा लिएको थियो। नक्सालबाट पक्राउ परेका थापासहित ६ जनालाई भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको छ।

प्रकाशित: १८ जेठ २०८२ १८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast