राष्ट्रपतिद्वारा भोटोजात्रा अवलोकन

हिमाल प्रेस १८ जेठ २०८२ १८:३२
18
SHARES
राष्ट्रपतिद्वारा भोटोजात्रा अवलोकन तस्बिर सौजन्य : शीतल निवास

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन्। ललितपुरको जाउलाखेलमा आइतबार अपराह्न आयोजित भोटोजात्रामा सरिक भई उनले सो जात्रा अवलोकन गरेका हुन्।

गुठी संस्थान ललितपुरका कर्मचारीले सो भोटो देखाएका थिए। मच्छिन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरेका थिए।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएपछि यस वर्षका लागि सम्पन्न भएको छ। मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिन्छ।

प्रकाशित: १८ जेठ २०८२ १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast