कमल थापा भेट्न गएका राप्रपा सांसद दीपक सिंह पनि थुनिए

हिमाल प्रेस १८ जेठ २०८२ १८:३०
30
SHARES
कमल थापा भेट्न गएका राप्रपा सांसद दीपक सिंह पनि थुनिए

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका राप्रपा सांसद दीपक सिंह पनि थुनिएका छन्। भद्रकालीस्थित प्रहरी परिसरमा थापालाई भेट्न गएका सांसद सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपा नेपालका अध्यक्ष थापालाई भेट्न पुगेका बेला सांसद सिंहलाई प्रहरीले भित्रै थुनिदिएको बताए।

‘कमल दाइलाई भेट्न जानुभएको, म पनि सँगै थिएँ,’ श्रेष्ठले भने,‘तपाईँ बाहिर जानुस् भनेर उहाँलाई नियन्त्रणमा लियो।’

श्रेष्ठले सांसद सिंहलाई नियन्त्रणमा लिनुका कारण भने प्रहरीले जानकारी नगराएको बताए।

प्रकाशित: १८ जेठ २०८२ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast