राजावादीहरू पैसा प्रयोग गरेर छाडा गतिविधिमा उत्रिए : प्रचण्ड

हिमाल प्रेस १८ जेठ २०८२ १७:१४
22
SHARES
राजावादीहरू पैसा प्रयोग गरेर छाडा गतिविधिमा उत्रिए : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी धारका समूहहरू छाडा गतिविधिमा उत्रिएको आरोप लगाएका छन्।

वाइसियल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रचण्डले राजावादीहरूले ठूलो मात्रामा पैसा खर्च गरेर भाडाका व्यक्ति परिचालन गरिरहेको दाबी गरे।

‘राजावादीहरूले कताबाट पैसा ल्याएका छन्, थाहा छैन, तर पैसा थुपारेका त होलान्,’ उनले भने, ‘त्यही पैसाको भरमा भाडाका मानिस झिक्ने, छाडा बनाउने, जाँड खुवाएर उफार्ने काम भइरहेको मैले देखिरहेको छु। तपाईंहरूले पनि देखिरहनुभएको छ।’

प्रचण्डले ती समूहहरू आफूहरूमाथि आक्रमणको तयारीमा रहेको दाबी पनि गरे। ‘उनीहरू पूर्ण रूपमा छाडा भएका छन्। अब उनीहरू आक्रमण गर्ने तयारीमा छन्,’ उनले भने, ‘यदि उनीहरूले आइलागे भने इँटको जवाफ पत्थरले दिने गरी तयार रहनुहोस्।’

प्रकाशित: १८ जेठ २०८२ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast