ईस्टू महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू (नामावली)

हिमाल प्रेस १८ जेठ २०८२ १५:४९
280
SHARES
ईस्टू महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू (नामावली) ईस्टूका नवनिर्वाचित अध्यक्ष होमकुमार थापा। तस्बिर : हिमालप्रेस

काठमाडौँ- संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) को आइतबार काठमाडौँमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गर्दै आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ।

महाधिवेशनबाट होमकुमार थापा अध्यक्षमा निर्वाचित भएका छन्। सहअध्यक्षमा डा.मोतीराम फुयाँल, देवीदत्त पौडेल र केशवराज पाठक चयन भएका छन्।

वरिष्ठ उपाध्यक्षमा नारायण पौडेल र सरिता निरौला रहेका छन् भने उपाध्यक्षहरू विभिन्न प्रदेश, उपत्यका र महिला प्रतिनिधित्वसहित मनोनीत गरिएको छ।

महासचिवमा भूपाल उप्रेती, उपमहासचिवमा यादव अधिकारी र श्यामकृष्ण ज्ञवाली तथा अर्थ उपमहासचिवमा कुश्मिता तिवारी चयन भएका छन्।

सचिवहरू खुला र महिला कोटाबाट मनोनीत गरिएका छन् भने अन्य ५० जना बढी केन्द्रीय सदस्यहरू समावेश गरिएको ६१ सदस्यीय समिति निर्माण गरिएको हो।

महाधिवेशनले शिक्षासँग सम्बन्धित समसामयिक विषयहरूमा १४ बुँदे ‘काठमाडौँ घोषणापत्र’ पारित गर्दै शिक्षकहरूको सामाजिक सुरक्षा, न्यूनतम तलब तथा सुविधा सुनिश्चितता, विद्यालय सञ्चालन विनियमावलीको कार्यान्वयन, पेसागत विकास, लगानी संरक्षण र नियमन प्रणालीमा युनियनको प्रतिनिधित्वलगायत विषयमा सरकारसँग  माग प्रस्तुत गरेको छ।

युनियनले निजी विद्यालयमा कार्यरत शिक्षक-कर्मचारीको हकहित सुनिश्चित गर्न संघर्षरत रहने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

पदाधिकारीहरू

१. अध्यक्ष होमकुमार थापा
२. सहअध्यक्ष डा. मोतीराम फुयाँल
३ सहअध्यक्ष देवीदत्त पौडेल
४. सहअध्यक्ष केशवराज पाठक
५. वरिष्ठ उपाध्यक्ष नारायण पौडेल
६. वरिष्ठ उपाध्यक्ष सरिता निरौला
७. वरिष्ठ उपाध्यक्ष (राष्ट्रिय समितिले पछि मनोनित गर्ने)
८.उपाध्यक्ष (उपत्यका) भवानी पराजुली (ललितपुर)
९. उपाध्यक्ष (मधेश) सुधीर झा (महोत्तरी)
१०. उपाध्यक्ष (बागमती) दीपक गौतम (मकवानपुर)

११. उपाध्यक्ष (गण्डकी)
१२. उपाध्यक्ष (लुम्बिनि) बामदेव ओली (बाँके)
१३. उपाध्यक्ष (कर्णाली):परमानन्द (सुर्खेत) रेग्मी
१४. उपाध्यक्ष (सुदूरपश्चिम) धर्मराज भट्ट (कैलाली)

१५. उपाध्यक्ष (कोशी) मनोज खनाल (मोरङ)
१६. उपाध्यक्ष (महिला) इन्दिरा धमला (ललितपुर)
१७. महासचिव: भूपाल उप्रेती
१८. उपमहासचिव: यादव अधिकारी
१९. उपमहासचिव: श्याम कृष्ण ज्ञवाली
२०. अर्थ उपमहासचिवः कुश्मिता तिवारी
२१.सचिव (खुल्ला) :निलकण्ठ आचार्य
२२.सचिव (खुल्ला) : नारायण चालिसे
२३.सचिव (खुल्ला):शिक्षाराज अधिकारी
२४.सचिव (महिला): शोभा वास्तोला पगेनी
२५. सदस्य : सुरेश प्रसाद भट्ट
२६. सदस्य : होमराज खतिवडा
२७. केशव कुमार श्रेष्ठ

२८. यज्ञराज श्रेष्ठ
२९. गम वहादुर डागर

३०. लिला वहादुर जिसी
३१. ओमनाथ कडरीया

३२. सुदिप बतौला
३३. नवराज धरेल
३४. महेश कुमार सिंह
३५. नितु झा
३६. विष्णु बहादुर आले
३७. इश्वर गुरुङ,
३८. कृष्ण चन्द्र दवाडी
३९. विमला शाह
४०. पुरुषोत्तम खनाल
४१. चन्द्रमणी रिमाल
४२. गिता गुरुङ
४३. बबिता बान्तवा

४४. कृष्ण प्रसाद गौतम
४५. नविन कुमार मिश्रि मिश्र

४६. रेनुका श्रेष्ठ
४७. जगदिप राजवंशी
४८. कृष्ण नारायण श्रेष्ठ
४९. राम नरेश राय
५०. दिपक भट्टराई
५१ अनिल प्रसाद भुषाल
५२. राजु वराल
५३. सुजित कुमार ठाकुर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast