डोटीमा जिप दुर्घटना, एकको मृत्यु

हिमाल प्रेस १८ जेठ २०८२ १३:४३
16
SHARES
डोटीमा जिप दुर्घटना, एकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

डोटी- डोटीको केआईसिंह गाउँपालिका-५ स्थित केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार सुपप्र ०१–००१ ज १४६४ नम्बरको जिप आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६, गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका बमलाई उपचारका लागि शैलेश्वरी अस्पताल, दिपायल लगिएको थियो तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

जिप चालकसहित अन्य आठ जना घाइते भएको र उनीहरू सबैको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: १८ जेठ २०८२ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast