पोखरामा अलपत्र यात्रुलाई प्रहरीको सहयोगमा गन्तव्यतर्फ लगिँदै

हिमाल प्रेस १८ जेठ २०८२ १२:५६
12
SHARES
पोखरामा अलपत्र यात्रुलाई प्रहरीको सहयोगमा गन्तव्यतर्फ लगिँदै

काठमाडौँ– पोखरामा अलपत्र परेका स्कर्टिङ गरेर गन्तव्यतर्फ लगिएको छ। सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा लैजान थालिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ गर्नेछ भने त्यहाँबाट नं. २३ मनकामना गण तनहुँले स्थानीय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउनेछ।

गण्डकी प्रदेश र बागमती प्रदेशको सिमानामासम्म स्कर्टिङ गरी यात्रुहरूलाई सुरक्षित रुपमा उनीहरुको गन्तव्य स्थानसम्म पु¥याउन लागिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार २५ वटा बस चितवन र काठमाडौँका लागि लागि छुटेका हुन्।

प्रकाशित: १८ जेठ २०८२ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast