२ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कर्णाली बैंकका तत्कालीन सीईओ पक्राउ

हिमाल प्रेस १८ जेठ २०८२ ११:१६
46
SHARES
२ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कर्णाली बैंकका तत्कालीन सीईओ पक्राउ पक्राउ परेका कर्णाली बैंकका तत्कालीन सीईओ) राजेन्द्रवीर राय। तस्बिर : नेपाल प्रहरी।

काठमाडौँ- रकम हिनामिना गरेको अभियोगमा कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेका रायलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बलहियाबाट पक्राउ गरेको हो।

रायमाथि २ अर्ब ५० करोडभन्दा धेरै रकम हिनामिना गरी फरार रहेको अभियोग छ। सल्यान घर भएका राय हाल बाँकेको नेपालगन्ज महानगरपालिका वडा नम्बर २० मा बस्दै आएका थिए।

शनिबार पक्राउ परेका रायलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता युवराज खड्काले जानकारी दिए।

प्रकाशित: १८ जेठ २०८२ ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast