बेलबारीका चार बालिका ४ दिनदेखि बेपत्ता

हिमाल प्रेस १८ जेठ २०८२ ९:५३
10
SHARES
बेलबारीका चार बालिका ४ दिनदेखि बेपत्ता

मोरङ- मोरङको बेलबारी नगरपालिका-२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सुन्दरहरैचा-११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी-२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन्।

उनीहरू साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिए।

प्रकाशित: १८ जेठ २०८२ ९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast