
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ।
आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। आज युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा छ।
आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा छ। अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा छ।
कुबेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २८ पैसा छ। आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०१ पैसा छ।