आईपीएलको दोस्रो क्वालिफायर टुंगो लाग्दै, को बन्ला आरसीबीको प्रतिस्पर्धी?

हिमाल प्रेस १८ जेठ २०८२ ६:५३
10
SHARES
आईपीएलको दोस्रो क्वालिफायर टुंगो लाग्दै, को बन्ला आरसीबीको प्रतिस्पर्धी?

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा आज आइतबार पन्जाब किंग्स र मुम्बई इन्डियन्स भिड्दैछन्। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।

यो खेलको विजेता उपाधिका लागि रोयल च्यालेन्जर्स बैग्लुरु (आरसीबी)सँग भिड्नेछ। उपाधि भिडन्त मंगलबार राति हुनेछ। पराजित हुने टोली उपाधि दौडबाट बाहिरिनेछ। लिग चरणमा पञ्जावले अंक तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको थियो। मुम्बइ भने चौथो स्थानमा रहेर एलिमिनेटर खेल खेलेको थियो।

पहिलो क्वालिफायरमा बैग्लुरुसँग ८ विकेटले पराजित भएको पञ्जावले दोस्रो क्वालिफायर खेल्न लागेको हो। फाइनल खेल्न दोस्रो मौका पाएको पञ्जाव आजको खेलमा मुम्बईविरुद्ध जित निकाल्दै फाइनल खेल्न चाहन्छ।

उता एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराएको मुम्बई पनि पञ्वावसँगको उपाधि भिडन्त पक्का गर्न चाहन्छ।

लिग चरणको खेलमा पञ्जावले मुम्बईलाई ७ विकेटले हराएको थियो। दोस्रो क्वालिफायरमा पनि पञ्जाव सोही नतिजालाई निरन्तरता दिने योजनामा हुनेछ।

प्रकाशित: १८ जेठ २०८२ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast