बढ्यो डिजेल र पेट्रोलको मूल्य, हवाई इन्धनको भाउ घट्यो

हिमाल प्रेस १८ जेठ २०८२ ६:३६
12
SHARES
बढ्यो डिजेल र पेट्रोलको मूल्य, हवाई इन्धनको भाउ घट्यो

काठमाडौँ- नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो।

निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको निगमले जनाएको छ।

मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १४० रुपैयाँ ५० पैसा, १४२ रुपैयाँ र १४३ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा,१५८ रुपैयाँ र १५९ रुपैयाँ तोकिएको छ।

आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय १८ रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय १, पोखरामा सात सय २१ र भैरहवामा सात सय ६ तोकेको छ।

प्रकाशित: १८ जेठ २०८२ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast