६ दिनमा एयर इन्डियाका ८३ उडान रद्द

हिमाल प्रेस ४ असार २०८२ १६:१२ | Wednesday, June 18, 2025
६ दिनमा एयर इन्डियाका ८३ उडान रद्द

काठमाडौँ- गएको ६ दिनमा एयर इन्डियाका ८३ उडान रद्द भएका छन्। भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले १२ देखि १७ जुनका बीच एयर इन्डियाका ८३ उडान रद्द भएको जनाएको हो।

डीजीसीएका अनुसार रद्द भएकामा ६६ उडान बोइंग ७८७ विमानका थिए। समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसले हाल घरेलु र अन्तर्राष्ट्रिय गरी प्रत्येक दिन एक हजारभन्दा बढी उडान गर्दै आएका छन्।

डीजीसीएले यी दुवै एयरलाइन्सका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय बैठकसमेत गरेको छ। एयर इन्डियाको बोइंग ७८७ विमानको जाँचमा सुरक्षा समस्या नदेखिएको डीजीसीएले जनाएको छ।

एयर इन्डियासँग ३३ बोइंग ७८७ विमान रहेका छन्। डीजीसीएले यी विमानहरूको सुरक्षा जाँच गर्न आदेश दिएको थियो। १७ जुनसम्म यीमध्ये २४ विमानको जाँच पूरा भइसकेको छ।

इजरायल–इरान संघषका कारण पनि कतिपय हवाई क्षेत्र बन्द गरिएको छ। दुवै मुलुकबीच जारी संघर्षका कारण कतिपय उडानको मार्ग परिवर्तन गरिएको छ।

गएको बिहीबार गुजरात प्रदेशको अहमदाबाद विमानस्थलबाट बेलायतका लागि उडेको एयर इन्डियाको बोइंग ७८७ उडेको केही मिनेटमै दुर्घटना भएको थियो।

दुर्घटनामा विमानमा सवार चालक दलका सदस्यसहित २४१ जनाको मृत्यु भएको थियो। दुर्घटनामा एक जनाको जीवित उद्धार गरिएको थियो।

प्रकाशित: ४ असार २०८२ १६:१२ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast