११ महिनामा वीरगञ्जबाट उठ्यो एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व

हिमाल प्रेस २ असार २०८२ ९:३५ | Monday, June 16, 2025
११ महिनामा वीरगञ्जबाट उठ्यो एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व वीरगन्ज नाका

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ११ महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले यो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन गरेको हो।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व संकलन उत्साहप्रथ रहेको जानकारी दिए। एघार महिनाको तथ्यांक केलाउदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व संकलन भएको छ’, उनले भने, ‘राजस्व संकलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातको छ।’

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मंसिरमा १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो। त्यस्तै पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व संकलन गरेको थियो।

यस्तै फागुनमा १४ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ भने चैतमा १५ अर्ब ४७ करोड राजस्व संकलन भएको छ। वैशाखमा १५ अर्ब ७२ करोड राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व संकलन गरेको छ। चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व संकलन भएको हो।

भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ।

प्रकाशित: २ असार २०८२ ९:३५ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast