हेटौँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते

हिमाल प्रेस ३१ जेठ २०८२ २०:०५ | Saturday, June 14, 2025
हेटौँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर– हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते भएका छन्।

शनिबार अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना ५ख २९७० नम्बरको यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दुर्घटना भएको हो। सोही बसले अगाडिको ट्यांकरलाई समेत ठक्कर दिएपछि एउटा रूखमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा बसका चार यात्रु र कारमा सवार छ जना गरी १० जना घाइते भएका र सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ।

प्रकाशित: ३१ जेठ २०८२ २०:०५ | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast