हुलाक टिकटमा टाँसियो पहिलो नेपाली फिल्म ‘आमा’ को पोस्टर

हिमाल प्रेस १६ असार २०८२ १६:४१ | Monday, June 30, 2025
हुलाक टिकटमा टाँसियो पहिलो नेपाली फिल्म ‘आमा’ को पोस्टर

काठमाडौँ- पहिलो नेपाली फिल्म ‘आमा’ को पोस्टर हुलाक टिकटमा टाँसिएको छ। चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ‘आमा’ को पोस्टर  हुलाक टिकटमा अनावरण गरेकाे हाे ।

कार्यक्रममा  हुलाक सेवा विभागले रु. १० दरका दुईवटा टिकट प्रकाशन गरेको छ। जसमा फिल्म ‘आमा’काे मुख्य कलाकारकाे तस्बिर छ। ‘आमा’ २०२१ सालमा प्रदर्शन भएको नेपालको पहिलो फिल्म हो। फिल्मको मुख्य भूमिकामा शिवशंकर खत्री र भुवन चन्दले अभिनय गरेका थिए। फिल्मका निर्देशक हिरासिंह खत्री हुन्।

उक्त समाराेहमा अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा उपस्थित थिए।

यो टिकटले ‘आमा’ को ऐतिहासिक महत्वलाई विश्वभर पुर्‍याउने र र फिल्मकाे प्रवर्धनमा योगदान पुर्‍याउने विश्वास रहेकाे हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले बताइन्।

प्रकाशित: १६ असार २०८२ १६:४१ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast