हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बिमा सचेतना कार्यक्रम

हिमाल प्रेस ६ असार २०८२ २०:५१ | Friday, June 20, 2025
हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बिमा सचेतना कार्यक्रम

काठमाडौँ- हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको चौतारा शाखाले सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकामा निर्जीवन बिमासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा हिमालयन एभरेष्ट लिमिटेडको चौतारा शाखाले सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो।

कुविण्डे दुग्ध संकलन केन्द्रमा आवद्ध करिब २० जना कृषकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा बिमाको महत्व, प्रयोग, लाभ र स्थानीय तहमा उपलब्ध निर्जीवन बिमालेखहरूबारे जानकारी दिइएको थियो।

ग्रामीण कृषक समुदायमा बिमाप्रति सचेतना अभिवृद्धि गर्दै जोखिम व्यवस्थापनमा सुलभ पहुँच बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकको जीवनस्तर उकास्न बिमा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

उनले बिमाको पहुँच विस्तार गर्दै दाबी प्रक्रिया सरल र सहज बनाउन बिमा कम्पनीहरू अझ बढी सक्रिय हुनुपर्ने धारणा राखे।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनमा पनि अन्य स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ६ असार २०८२ २०:५१ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast