काठमाडौँ- फिल्म ‘महाभोज’ आज बिहानदेखि देशभरका हलमा प्रदर्शन भइरहेको छ। दिनेश राउत निर्देशित फिल्मले करिब २ सय सो पाएको निर्माण टिमले जनाएको छ।
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङलगायत कलाकारको अभिनय छ।
केही दिन अघिदेखि फिल्मको काठमाडौँसहित पोखरा, बुटवल, विराटनगर, र धरानमा प्रिमियर आयोजना गरिएको थियो। प्रिमियरबाट पाएको प्रतिक्रियाले निर्माण टिम दर्शकप्रति उत्साहित छन्। साथै केही सहकारी पीडितहरू पनि सहभागी थिए।
उनीहरूले फिल्मले सरकारी पीडितको कथा यथार्थपरक बोलको भन्दै राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन्।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको फिल्मका निर्माता हिमाल कडरिया हुन्।
प्रकाशित: ३० जेठ २०८२ १०:५६ | Friday, June 13, 2025
प्रतिक्रिया




