सुर्नयामा ठेउला संक्रमणबाट बालबालिका प्रभावित

हिमाल प्रेस ३ असार २०८२ ९:४८ | Tuesday, June 17, 2025
सुर्नयामा ठेउला संक्रमणबाट बालबालिका प्रभावित

बैतडी- सुर्नया गाउँपालिकाको वडा ७ र ८ मा ठेउला संक्रमण फैलिदा बालबालिका प्रभावित भएका छन्। बालबालिका प्रभावित भएपछि यहाँका केही विद्यालयको पठनपाठन समेत बन्द गरिएका छन्।

ठेउला संक्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। ठेउला संक्रमणबाट बालबालिका प्रभावित भएकाले केही विद्यालयसमेत बन्द गरिएका छन्। ठेउला सरुवा संक्रमण भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ।

यसबाट बालबालिका, गर्भवती, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति बढी प्रभावित हुने भएकाले ध्यान दिनुपर्नेमा उनको जोड छ। ठेउला भएमा ज्वरो आउने, शरीरभरि बिमिरा आउने, शरीर दुख्ने, भोक नलाग्नेलगायत लक्षण देखापरेका छन्। यस्ता लक्षण देखापरेमा नजिकका स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

ठेउला संक्रमित व्यक्तिलाई केही समय होम आइसोलेसनमा राख्नुपर्ने उनले बताए। यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन भनिएको छ। केही ठाउँमा ठेउला रोग देखिएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए।

प्रकाशित: ३ असार २०८२ ९:४८ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast