सुन १ लाख ९० हजारमा झर्‍यो, चाँदी २ हजार १५०

हिमाल प्रेस २७ जेठ २०८२ १२:०४ | Tuesday, June 10, 2025
सुन १ लाख ९० हजारमा झर्‍यो, चाँदी २ हजार १५०

काठमाडौँ- सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोल सुनको मूल्य एक लाख ९० हजार कायम भएको छ। सोमबार सोही परिमाणको सुन एक लाख ९० हजार ६०० मा खरिदबिक्री भएको थियो।

चाँदीको मूल्यमा पनि केही फेरब0दल भएको छ। आज एक तोला चाँदी दुई हजार १५० मा कारोबार भइरहेको छ। सोमबार एक तोला चाँदी दुई हजार १६५ मा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित: २७ जेठ २०८२ १२:०४ | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast