सुनसरीमा मध्यराति कारबाट राइफल बरामद

हिमाल प्रेस ९ असार २०८२ १२:१९ | Monday, June 23, 2025
सुनसरीमा मध्यराति कारबाट राइफल बरामद

इटहरी- सुनसरीमा मध्यराति कारबाट राइफल बरामद गरिएको छ। बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार क्षेत्रको भित्री सडक खण्डमा प्रहरीले चेकजाँचका क्रममा एक थान राइफल बरामद गरेको छ।

एउटा कारलाई नियन्त्रणमा लिइएको छ भने चालकसहित करिब ५ जना व्यक्ति फरार भएका छन्। गएराति १२ः५० बजेतिर विशेष सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले धरानबाट कालाबञ्जारतर्फ आउँदै गरेको बा ६ च ८४०३ नम्बरको कालो रंगको कार रोकेर चेकजाँच गर्ने क्रममा उक्त कारमा सवार चालकसहित व्यक्तिहरू प्रहरीलाई देखेपछि जंगलतर्फ भागेका थिए।

प्रहरीले उक्त कारको बीचको सिटमा ‘वेब्ली एन्ड स्कट एलआईटी लन्डन एन्ड बर्मिङ्घम, इङ्ग्ल्यान्ड’ लेखिएको खाली अवस्थामा रहेको एक थान राइफल फेला पारेको हो। राइफलमा गोली भने नभएको जनाइएको छ। प्रहरीले कार र राइफल नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको जनाएको छ। भागेका व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको सुनसरी प्रहरीले जनाएको छ।

प्रकाशित: ९ असार २०८२ १२:१९ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast