काठमाडौँ- गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ।नेपाली बजारमा मंगलबारको तुलनामा आज सुन तोलामा ९०० र चाँदी ६५ ले बढेको छ।
                    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार २२५ मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
                            प्रकाशित: ४ असार  २०८२ ११:०७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             

