सात हलमा ‘अञ्जिला’ को १०० दिन

हिमाल प्रेस ६ असार २०८२ १२:०१ | Friday, June 20, 2025
सात हलमा ‘अञ्जिला’ को १०० दिन

काठमाडौँ- गत वर्ष फागुन २९ मा प्रदर्शन भएको फिल्म ‘अञ्जिला’ आज प्रदर्शनको एक सय दिन पुगेको छ।

फिल्म शुक्रबार काठमाडौँको क्युएफएक्स सिनेमाअन्तर्गत सामाखुसीस्थित सिटी स्क्वायर मल, कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ।

फिल्मका निर्देशक मिलन चाम्सले सबै दर्शकप्रति आभार व्यक्त गरेका छन्। फिल्मले हालसम्म १२ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन्। ‘अञ्जिला’ वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको छ।

फिल्म राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनी संघर्षमा आधारित छ। एञ्जिला स्यंमले अभिनय गरेकी फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायत कलाकारको अभिनय छ।

प्रकाशित: ६ असार २०८२ १२:०१ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast