सवारी साधन सञ्चालन रोकिएको ठाउँमा चलाएको पाए सीडीओलाई कारबाही हुन्छ : गृहमन्त्री

हिमाल प्रेस ११ असार २०८२ १९:२५ | Wednesday, June 25, 2025
सवारी साधन सञ्चालन रोकिएको ठाउँमा चलाएको पाए सीडीओलाई कारबाही हुन्छ : गृहमन्त्री गृहमन्त्री लेखक। तस्बिर : सचिवालय

काठमाण्डौँ – गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए सम्बन्धीत प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

बुधबार गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुने सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा बोल्दै गृहमन्त्री लेखकले मनसुनका बेला हुन सक्ने सडक दुर्घटना न्युनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचारसंहिता कार्यान्वयनमा जोडदिए।

उनले उक्त निर्णयहरुका बारेमा आम नागरिकसम्म पुर्याउन सुचना प्रवाहमा ध्यान दिन आग्रहसमेत गरे।

‘कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन सञ्चालन रोक लगाइएको अवस्थामा सवारी साधन चलेको भेटियो भने त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीलाई कारबाही गरिनेछ,’ उनले भने, ‘कारण देखाउनुपर्ने छैन्। बिरामी र एम्बुलेन्स छ भने त्यो एउटा विषय बन्ला होइन भने सामान्य गाडी कसैका भनसुनका आधारमा चलाइएको पाइए कारबाहीको विषय बन्छ।’

उनले यो विषय गृहसचिव र प्रहरी प्रमुखहरुलाई तल्लो तहसम्म सर्कुलर गर्न निर्देशन समेत दिए।

पहिरोले सडक अवरुद्धका साथै सवारीसाधन समेत बगाउने अवस्था आउने गरेको भन्दै गृहमन्त्री लेखकले सडक सञ्जाल अवरोध हुँदा धेरै समस्याहरु सिर्जना हुने गरेको बताए।

‘विपद्जन्य घटना हुँदा सर्वसाधारणले सबैभन्दा पहिले सम्झिने सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधीलाई हो,’ उनले भने, ‘सुचना प्रवाह धेरै महत्वपूर्ण छ। विपद्का बेला सडक दुर्घटनामा नागरिकको जिधउनको बचाउ गर्ने चालकलाई पुरस्कृत र अटेरी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’

प्रकाशित: ११ असार २०८२ १९:२५ | Wednesday, June 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast