तस्बिर स्रोत : नेचरइनफोकसको वेबसाइटबाट।
डडेल्धुरा- परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ ।
जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो।
तत्काल अस्पताल पुर्याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो। उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुन्।
प्रकाशित: ५ असार २०८२ ११:५५ | Thursday, June 19, 2025
प्रतिक्रिया




