सर्पले डसेर कैलालीमा एक जनाको मृत्यु

हिमाल प्रेस १६ असार २०८२ १८:१५ | Monday, June 30, 2025
सर्पले डसेर कैलालीमा एक जनाको मृत्यु सांकेतिक तस्बिर।

कैलाली- सर्पले डस्दा कैलालीको गोदावरी नगरपालिका-१२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको छ। आफ्नै घर अगाडि काम गर्दैगर्दा उनको दाहिने खुट्टामा सर्पले डसेपछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

सर्पले खुट्टामा डसी घाइते भई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको र उपचारका क्रममा बुढाको मृत्यु भएको जोशीले बताए।

त्यसै गरी धानको बीउ निकाल्ने क्रममा अचानक चट्याङ पर्न गई धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरका एक जना आज (सोमबार) घाइते भएका छन्। घाइते हुनेमा धनगढीको लल्लिपुर बस्ने गुलियादेवी चौधरी रहेको सूचना अधिकारी जोशीले बताए।

चौधरी घरदेखि १०० मिटर टाढा खेतमा धानको बीउ निकाल्ने क्रममा अचानक चट्याङ पर्न गई उनको दाहिने खुट्टा, हात र ढाडमा चोट लागेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।

प्रकाशित: १६ असार २०८२ १८:१५ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast