सरकारलाई माओवादीको प्रश्न- सरकार नियम मान्न बाध्य छैन भने सांसदले मात्र किन पालना गर्ने?

हिमाल प्रेस ६ असार २०८२ १३:३१ | Friday, June 20, 2025
सरकारलाई माओवादीको प्रश्न- सरकार नियम मान्न बाध्य छैन भने सांसदले मात्र किन पालना गर्ने?

काठमाडौँ- भिजिट भिसा प्रकरणमा संसद्‍मा भइरहेको विरोधबीच नेकपा माओवादी केन्द्रले सरकारमाथि संसद्लाई अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भएपछि आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई हेप्ने प्रवृत्ति देखाएको टिप्पणी गरे। ‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको वर्णन गरी साध्य छैन,’ पाण्डेले भने, ‘कार्यसूची आउँछ, फेरि हटाइन्छ। यसको कारण के हो?’

पाण्डेले मन्त्रालयगत बजेट छलफलमा सम्बन्धित मन्त्रीहरू अनुपस्थित रहेकोप्रति पनि आपत्ति जनाए। उनले प्रतिनिधिसभा नियमावली अनुसार मन्त्रीको अनुपस्थितिमा छलफल गर्न नमिल्ने बताउँदै भने, ‘सरकार नियम मान्न बाध्य छैन भने सांसद मात्र किन पालना गर्नुपर्ने?’

उनले बजेटको पुस्तक नै समयमै नपुगेको कारण खर्च कटौती प्रस्तावसमेत राख्न नसकेको गुनासो गरे। संसद्‌मा जारी रहेको अवरोध अन्त्य गर्न सरकार आफैँ पहल नगरेको भन्दै पाण्डेले आरोप लगाए।

यसैबीच, गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको बैठक बहिष्कार गरेका छन्।

प्रकाशित: ६ असार २०८२ १३:३१ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast