सभामुखले विपक्षीलाई पेलेरै लाने व्यवहार देखाउनुभयो : रास्वपा

हिमाल प्रेस १ असार २०८२ १६:५० | Sunday, June 15, 2025
सभामुखले विपक्षीलाई पेलेरै लाने व्यवहार देखाउनुभयो : रास्वपा

काठमाडौँ– रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका छन्।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भए पनि त्यसविपरित सभामुखले आफूहरुलाई बोल्न नदिएको बताएका हुन्।

झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गरे। प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग उधारो सहमति गरेकाले आफूहरुले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए।

उनले भिजिट भिसा प्रकरणको छानविनको ठोस प्रक्रिया चालिने भनिए पनि स्पष्ट रुपमा नआएकाले सो सहमतिमा रास्वपा सामेल नभएको जिकिर गरे।

झाले नियमावलीविपरित कांग्र्रेसका सांसदलाई आकस्मिक समयमा एक वर्ष पुरानो मुद्दामा बोल्न दिएको भन्दै आपत्ति समेत जनाए।

प्रकाशित: १ असार २०८२ १६:५० | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast