 
                             
                                            काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच बालुवाटारमा अहिले छलफल भइरहेको छ।
छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, ऊर्जामन्त्री दीपक खड्का छन्।
भेटमा संसदमा रास्वपाले गरेको अवरोध, बजेट र समसामयिक राजनीतिक घटना क्रमबारे छलफल भइरहेको बताइएको छ।
                            प्रकाशित: ४ असार  २०८२ २०:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 