सत्तापक्षको हठका कारण सदन चल्न सकेन : लेखनाथ दाहाल

हिमाल प्रेस २६ जेठ २०८२ १९:३१
सत्तापक्षको हठका कारण सदन चल्न सकेन : लेखनाथ दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सोमबार पनि सदन चल्न नसकेको बताएका छन्।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले प्रतिपक्ष लचिलो भएर छलफलमा बसे पनि सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सहमति जुट्न नसकेको बताएका हुन्।

गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको मागको विषयलाई सत्तापक्षले बेवास्ता गरेको उनले बताए। दाहालले प्रतिपक्षीले उठाएका मागका बारेमा एमाले र खास गरी प्रधानमन्त्री केपी शर्मा ओली उदासिन देखिएको आरोप लगाए।

सहमतिका लागि प्रतिपक्षी जिम्मेवार बनेको र सबै प्रतिपक्षी दल एकै ठाउँ रहेको उनले बताए। सांसद दाहालले मंगलबार दिनभर छलफल गरेर सहमतिको अधिकतम प्रयास गर्ने बताए।

प्रकाशित: २६ जेठ २०८२ १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast