संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक र छिमेक लघुवित्त

हिमाल प्रेस ३ असार २०८२ १७:४३ | Tuesday, June 17, 2025
संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक र छिमेक लघुवित्त

काठमाडौँ- प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ।

प्रभु बैंकको ९ हजार ८८३ र छिमेक लघुवित्तको २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागि मंगलबारबाट सिलबन्दी बोलपत्र बुझाएर खुला गरिएको हो।

कम्पनीले बोलकबोल माध्यमबाट प्रभु बैंक लिमिटेडको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० र छिमेक लघुवित्त संस्थाका लागि सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकेको छ।

सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैंको न्यूनतम एक हजार र छिमेक लघुवित्त संस्थाका लागि न्यूनतम पाँच हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

आवेदन असार १० गतेभित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेस गर्न सकिने प्रभु बैंकले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक बोलपत्रदाता अथवा संघ/संस्था कम्पनी भएमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र विगत दुई आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजातसमेत आवदेनसाथ पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ३ असार २०८२ १७:४३ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast