शिक्षा समिति बैठक बस्ने तयारी गरिँदै, शिक्षकका माग तलमाथि हुने

हिमाल प्रेस ९ असार २०८२ १०:१६ | Monday, June 23, 2025
शिक्षा समिति बैठक बस्ने तयारी गरिँदै, शिक्षकका माग तलमाथि हुने प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक। फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक छिट्टै बस्ने गरी छलफल भइरहेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिएका छन्।

सोमबार हिमालप्रेससँग कुरा गर्दै सभापति थापाले असार १५ गते आइतबार विद्यालय शिक्षा विधेयक–२०८० प्रतिनिधिसभामा पुर्‍याउने प्रयास भइरहेको जानकारी दिए।

‘समिति बैठक बस्ने टुंगो आज लाग्छ। आन्तरिक बैठक बसेका छौं। विधेयकका विषय टुंगिन एक दुई दिन लाग्छ।’

सभापति थापाले नेपाल शिक्षक महासंघसँग सरकारले सहमति गरेका सबै विषय विधेयकमा नपर्ने र केही तलबमाथि हुने पनि हिमालप्रेसलाई जानकारी दिए। उनले भने, ‘सबै भन्न सकिन्न केही विषय तलमाथि हुन सक्छन्।’

८९ दिनको आन्दोलनपछि नेपाल शिक्षक महासंघसँग सरकारले गत वैशाख १७ गते नौबुँदे सहमति गर्दै असार १५ गते विधेयक प्रतिनिधिसभामा पेस गर्ने लिखित प्रतिबद्धता जनाएको थियो।

प्रकाशित: ९ असार २०८२ १०:१६ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast