शिक्षा विधेयक : विद्यालय कर्मचारी नेतृत्वलाई शिक्षामन्त्री पन्तले के भने?

हिमाल प्रेस २८ जेठ २०८२ १४:१२ | Wednesday, June 11, 2025
शिक्षा विधेयक : विद्यालय कर्मचारी नेतृत्वलाई शिक्षामन्त्री पन्तले के भने?

काठमाडौँ- विद्यालय शिक्षा विधेयक अन्तिम चरणमा पुगेको बेला नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले मन्त्रालयस्तरमा विधेयक तयारीको काम अघि बढिरहेको जानकारी पाएको बताएका छन्।

अध्यक्ष तिवारीले सोमबार र मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई भेटेपछि मन्त्रीबाट शिक्षा विधेयकमा काम भइरहेको जानकारी प्राप्त भएको बताए। ‘हामी हाम्रो प्रयासलाई निरन्तरता दिएका छौं,’ तिवारीले भने, ‘केही दिनमा पुनः छलफल गरी प्रक्रिया अघि बढाउने तयारीमा छौं।’

उनले २०८२/८३ को बजेट भाषणपछि मात्रै विद्यालय कर्मचारीको अनुदानबारे आधिकारिक रूपमा थाहा हुने भन्दै अझै स्पष्टता नआएको जनाए। ‘हाम्रो लागि धेरै चासोको विषय अनुदान कति वृद्धि हुने भन्ने हो,’ उनले भने, ‘तर यसबारे अझै आधिकारिक जानकारी छैन,संसद्मा बजेटमाथिको छलफलपछि मात्रै प्रस्ट हुने देखिन्छ। अहिले चर्चामा रहेको २७ बुँदे सहमति कार्यान्वयनमै अलमल देखिन्छ।’

विद्यालय शिक्षा विधेयक असार १५ भित्र प्रतिनिधिसभामा पेस गर्नुपर्ने सहमतिअनुसार प्रक्रिया तीव्र पारिएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शुक्रबारसम्म सबै सरोकारवालासँग छलफल सक्ने र (जेठ ३१ गते) शनिबार समिति बैठक बस्ने तयारी गरेको छ।

प्रकाशित: २८ जेठ २०८२ १४:१२ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast