शिक्षा विधेयक आजै संसद् पुर्‍याउन सक्दो प्रयास गरेका छौं : शिक्षा समिति

हिमाल प्रेस १५ असार २०८२ १०:०४ | Sunday, June 29, 2025
शिक्षा विधेयक आजै संसद् पुर्‍याउन सक्दो प्रयास गरेका छौं : शिक्षा समिति शिक्षा समिति। फाइल तस्बिर।

काठमाडौँ- विद्यालय शिक्षा विधेयक २०८० लाई आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गरेर संसद् (प्रतिनिधिसभा) पुर्‍याउन सक्दो प्रयास गरिएको छ।

बाल विकास, निजी विद्यालयलगायत कतिपय विषयमा अझै सहमति नजुटेकाले यसै विषयमा सहमति जुटाउन शिक्षा समिति बैठक बिहानैदेखि सिंहदरबारमा बसिरहेको शिक्षा समिति सदस्य सरिता भुसालले हिमालप्रेसलाई जानकारी दिइन्।

उनले भनिन्, ‘विधेयक आजै संसद् पुर्‍याउन बिहानैदेखि हामी बैठकमा छौं। समितिबाट विधेयक पारित गर्न हरसम्भव प्रयास भइरहेको छ।’

गत वैशाख १७ गते नेपाल शिक्षक महासंघसँग सरकारले असार १५ अर्थात् आज विधेयक संसद् पुर्‍याउने लिखित सहमति गरेको थियो।

विद्यालय शिक्षा विधेयक पारितको तयारीमा निर्णायक सहमति

प्रकाशित: १५ असार २०८२ १०:०४ | Sunday, June 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast