 
                             
                                            काठमाडौँ- एकीकृत अखिल नेपाल शिक्षक संगठनले विद्यालय शिक्षा विधेयक-२०८० को विषयमा संसदीय समिति बैठक नबसेकोप्रति असन्तोष प्रकट गरेको छ। संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक राख्न सरकार हिच्किचाइरहेको आरोप लगाएका छन्।
अध्यक्ष अधिकारीले भने, ‘सरकार सधैं तयारी पुगेको छैन भनेर छलफल टार्न खोज्छ, अब यो बहाना स्वीकार्य हुँदैन।’ जेठ ११ गते यताबाट समितिको बैठक नै बस्न सकेको छैन। सरकार भने असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने दाबी गर्दै आएको छ।
‘छलफल कोसँग र एजेन्डा अझै बाँकी?’ भन्ने प्रश्न गर्दै अधिकारीले समिति बैठक बस्न सकिरहेको छैन भन्ने स्पष्ट पार्न माग गरेका छन्। उनका अनुसार विधेयकमा छलफल गर्न समयमै बैठक राख्न सरकार र समितिका जिम्मेवारले ढिलाइ गरिरहेका छन्।
अध्यक्ष अधिकारीले थपे, ‘अब अलमल स्वीकार्य छैन। विधेयकबारे टुंगोमा पुग्न बैठक बस्नुपर्छ। यो कुनै व्यक्तिको हैन, सम्पूर्ण शिक्षक समुदायको चासोको विषय हो।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![एकसाथ पाँच राजनीतिक दलको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक महासंघ [पत्रसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/cnt-janamat.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 