शिक्षण संस्थाभित्र तालाबन्दी नगर्ने हाम्रो संस्थागत निर्णय छ : नेविसंघ

हिमाल प्रेस २ असार २०८२ ९:०५ | Monday, June 16, 2025
शिक्षण संस्थाभित्र तालाबन्दी नगर्ने हाम्रो संस्थागत निर्णय छ : नेविसंघ

काठमाडौँ- नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा आफ्नो संगठनले तालाबन्दी नगरेको जनाएको छ।

नेविसंघ प्रवक्ता सुरज सेजुवालले एक विज्ञप्ति जारी गर्दै त्रिवि उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोग लगायत विभिन्न कार्यालय एवं पदाधिकारीको कार्यकक्षहरूमा नेविसंघले ताला नलगाएको प्रस्ट पारेका हुन्।

नेविसंघले तालाबन्दी गरेको भनी विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा आधारहीन, भ्रामक र मिथ्या सूचना सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाए।

आन्दोलनको स्वरूपलाई समयानुकूल र सुसंस्कृत बनाउन शिक्षण संस्थाभित्र कुनै पनि प्रकारको तालाबन्दी नगर्ने स्पष्ट र संस्थागत निर्णय नेविसंघ रहेको छ।

प्रकाशित: २ असार २०८२ ९:०५ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast