वीरेन्द्रनगरले ल्यायो चार अर्ब ३८ करोड २७ लाख १५ हजार बजेट

हिमाल प्रेस १० असार २०८२ १७:३८ | Tuesday, June 24, 2025
वीरेन्द्रनगरले ल्यायो चार अर्ब ३८ करोड २७ लाख १५ हजार बजेट

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल चार अर्ब ३८ करोड २७ लाख १५ हजार बजेट ल्याएको हो।

मंगलबार १७ औं नगरसभामा उपप्रमुख निलकण्ठ खनालले बजेट घोषणा गरे। उनले संघीय वित्तीय समानीकरण अनुदान २४ करोड २४ लाख, संघीय सर्शत अनुदान दुई अर्ब २० करोड आठ लाख र संघीय राजश्व बाँडफाँट २० करोड ५७ लाख ९३ हजार रहेको बताए।

‘प्रदेश सरकार वित्तीय समानीकरण अनुदान तीन करोड ३४ लाख ५३ हजार, प्रदेश सशर्त अनुदान ३७ करोड ६१ लाख ३६ हजार रहेको छ, उनले भने,‘घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जन १५ करोड, दहत्तर बहत्तर शुल्क दुई करोड ५० लाख, नगरपालिकाको आन्तरिक आय ५१ करोड ६३ लाख ५० हजार, आर्थिक वर्ष २०८१/०८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैंक मौज्दात ४१ करोड २७ लाख ८३ हजार र सामाजिक सुरक्षा अनुदान ४० करोड आयको अनुमान गरेका छौं।’

विकास साझेदार तथा गैर सरकारी संघसंस्थाबाट पेस भएको ४० करोडको आयोजना तथा कार्यक्रमसमेत स्वीकृतिका लागि प्रस्ताव गरेको खनालले जानकारी बताए।

आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनको लागि स्रोत व्यवस्थापनको विनियोजन प्रस्तुत गर्ने तलबभत्ता तथा कार्यालय सञ्चालनका लागि ३२ करोड ६५ लाख, खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवं सहकार्यका लागि ११ करोड ६० लाख र वडास्तरीय योजना तथा कार्यक्रमका लागि १९ करोड २८ लाख बजेट विनियोजन गरिएको खनालले बताए।

‘नगर प्रमुखबाट पेस भएका नीतिको कार्यान्वयनका लागि नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरू संचालन गर्न १ अर्ब २५ करोड ९२ लाख ७९ हजार विनियोजन गरिएको छ,’ उनले भने,‘यसरी आर्थिक वर्ष २०८२/०८३ का लागि चालु तथा पूँजीगत खर्च गर्नका लागि कुल बजेट ४ अर्ब ३८ करोड २७ लाख १५ हजार विनियोजन गरेको छ।’

प्रकाशित: १० असार २०८२ १७:३८ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast