विश्वकप क्रिकेट लिग–२ खेलेर राष्ट्रिय टोली स्वदेश फिर्ता

हिमाल प्रेस ८ असार २०८२ १८:५२ | Sunday, June 22, 2025
विश्वकप क्रिकेट लिग–२ खेलेर राष्ट्रिय टोली स्वदेश फिर्ता

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग २ खेलेर स्वदेश फर्किएको छ। आइतबार अपरान्ह स्वदेश फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए।

विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डको एकदिवसीय सिरिजका ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको थियो।

त्यस्तै लिग टु अन्तर्गतको सिरिजपश्चात भएको टी ट्वान्टी आई सिरिजमा नेपाल दोस्रो भएको थियो। स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले स्कटल्यान्ड भ्रमण निकै राम्रो भएको प्रतिक्रिया दिए।

नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको खेलपछि आत्मविश्वास बढेको भन्दै उनले आगामी खेलमा त्यसको सकारात्मक नजिता देखिने उल्लेख गरे।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले सेप्टेम्बर २७, २८ र ३० तारिखमा वेस्ट इण्डिजसँग टी ट्वान्टी आई सिरिज खेल्ने तालिका छ भने नेपालले अक्टोबरको पहिलो साता ओमानमा टी ट्वान्टी विश्वकपको एसिया छनोट खेल्ने छ।

प्रकाशित: ८ असार २०८२ १८:५२ | Sunday, June 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast