काठमाडौँ- पतञ्जली जग्गा प्रकरणमा मुछिएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरू भएको छ।
विदेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा अध्यक्ष नेपालको बयान भइरहेको हो।
बयान सकिएपछि आजै थुनछेक बहस हुने बताइएको छ। थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार पठाउने कि बाहिरबाटै मुद्दा लड्न पाउने आदेश हुनेछ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नेपालसहित ९३ जनाविरूद्ध १८ करोड ९८ लाख ५० हजार बिगो माग गरिएको छ।
प्रकाशित: ११ असार २०८२ १४:५४ | Wednesday, June 25, 2025
प्रतिक्रिया



