विनियोजन विधेयक बहुमतले पारित

हिमाल प्रेस १० असार २०८२ १८:५० | Tuesday, June 24, 2025
विनियोजन विधेयक बहुमतले पारित फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो।

त्यसअघि बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरूमाथि सांसदहरूले प्रस्तुत गरेको २३ वटा खर्च कटौतीका प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो।

सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।

प्रकाशित: १० असार २०८२ १८:५० | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast