विनियोजन विधेयको पक्षमा मतदान गर्न कांग्रेसले जारी गर्‍यो ह्वीप

हिमाल प्रेस ९ असार २०८२ १८:४१ | Monday, June 23, 2025
विनियोजन विधेयको पक्षमा मतदान गर्न कांग्रेसले जारी गर्‍यो ह्वीप फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेका हुन्। घिमिरेले जारी गरेको ह्वीपमा संसदीय दलका सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ।

‘असार १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८२ निर्णायार्थ प्रस्तुत हुनेहुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयक, २०८२ को पक्षमा मतदान गर्न यो ह्वीप जारी गरिन्छ,’ घिमिरेले जारी गरेको ह्वीपमा भनिएको छ।

सरकारले जेठ १५ गते संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: ९ असार २०८२ १८:४१ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast