विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

हिमाल प्रेस ३१ जेठ २०८२ ९:११ | Saturday, June 14, 2025
विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

सुर्खेत- विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य ऊर्जा) वितरण सुरु गरिएको छ।

खानेपानी सिंचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ। छार्काताङसोङ गाउँपालिकाको छ वटा वडामा ६६ लाख आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ।

त्यस्तै काइके गाउँपालिकाको दलित बस्ती रहेको वनढाडामा २० लाखको ७५ घरधुरीलाई सोलार वितरणको काम समेत भइरहेको प्रमुख गिरीले बताए।

डोल्पोबुद्ध गाउँपालिका-६ मा २५ लाख लागततमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ। उपल्लो डोल्पाकै शे-फोक्सुण्डो गाउँपालिका-१ मा २० लाखमा ४५ घरधुरीलाई सोलार वितरणको काम भएको उनले जानकारी दिए ।

ठूलीभेरी नगरपालिका-११ स्थित गाउँमा स्थानीयवासी र कार्यालयको साझेदारीमा ३० लाखमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ। विद्युत्को पहुँच नपुगेका कर्णालीका जिल्लाहरूमा विद्युत्को पहुँच विस्तार गर्ने कार्यक्रमअन्तर्गत सोलार वितरण गरिएको छ।

प्रकाशित: ३१ जेठ २०८२ ९:११ | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast